२०८३ असार २६ गते शुक्रवार

नेकपाका नेता गुप्ताको निधन

तुलसीपुर, १७ फागुण । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता कृष्णगोपाल गुप्ताको निधन भएको छ । दाङ तुलसीपुर ५ निवासी ५५ वर्षिय गुप्ताको काठमाडौमा उपचारको क्रममा शुक्रवार विहान ४ बजेतिर निधन भएको हो । तत्कालिन नेकपा एमालेका पुर्व जिल्ला कमिटि सदस्य समेत रहेका गुप्ताको शुक्रवार नै अन्त्येष्टि गरिने भएको छ । उनी विगत दुई महिना देखी विरामी परेका थिए । लामो समय देखी राजनितिक गदै आएका गुप्ता तुलसीपुर नगर विकास समितिको पुर्व अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन १७ गते शुक्रवार
प्रतिक्रिया