हटअट्याकबाट भलिबल खेलाडीको निधन

तुलसीपुर, १४ फागुन

पश्चिम दाङका पुराना भलिबल खेलाडी विष्णु वलीको निधन भएको छ । ५२ बर्षका पूर्व खेलाडी वलीको हृदयघात(हटअट्याक) का कारण निधन भएको भाइ दशरथ वलीले जानकारी दिए । आइतबार बेलुकी खानाखाएर सुतेका वलीले राती एक्कासी पेट, मुटु दुःख्यो भन्दै छटपाटाउन थालेपछि अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको पारिवारीक स्रोतले बतायो । २०४४, २०४६ र २०४८ मा दाङको भरतपुर स्कुल, भमकेको भ्युडरसुनपुर स्कुल र हेकुलीको विरेन्द्र माध्यमिक विद्यालयमा भएका क्षेत्रीय स्तरका टुनामेन्टमा भलीबल र दौडमा प्रथम स्थान हासील गरेका थिए ।

‘ विष्णु वलीले भागलिएका अधिकांस भलिबल र दौड प्रतियोगितामा प्रथम बाहयक कहिल्यै दोस्रो र तेस्रो भएन’, उनलाई पढाएका पुराना शिक्षक सान्त सेनले भने उसको खेलकुद तर्फको लगाब, मेहनत र कला देखर हामी छक्क पर्थेऔं ।’ आर्थिक तथा घरायसी बोझका कारण खेलक्षेत्रलाई निरन्तरतरा दिन नसक्दा दक्षता र क्षमता हुदाहुदै पनि खेलकुद क्षेत्रबाट ओझ पर्नु पर्ने बाध्यता सृर्जना भएको उनका दौतरीहरु बताउनछन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन १४ गते मङ्गलवार
प्रतिक्रिया