कुलपानी वन समुहको अध्यक्षमा शर्मा विजयी

तिर्थराज ज्ञवाली,देउखुरी ९ फागुन ।

दाङको गढवा १ बडहरामा रहेकको कुलपानी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष नवराज शर्मा विजयी भएका छन । गत माघ १६ देखी सुरु भएको साधारण सभा तथा अबिधेशनमा अध्यक्ष पदमा सहमति हुन नसकेपछि हिजो चुनाव भएको थियो । कुल मतदाता ५ सय ७७ रहेकोमा शर्माले ३ सय ९४ मत प्राप्त गरि विजयी भएको निर्वाचन मन्डलका संयोजक डिभिजन वन कार्यालयका फरेस्टर टोप बहादुर गुरुङले जानकारी दिएका छन । उनका अनुसार प्रतिस्पर्धी विष्णुमाया बसेलले १ सय ५४ मत प्राप्त गरेका थिए ।

यस अघि सहमतिवाटै उपाध्यक्षमा राकेश शर्मा, सचिवमा दिल सरी विक, कोषाध्यक्षमा पुष्पा चौधरी, सह सचिवमा आई बहादुर बुढामगर चयन भईसकेका छन । यस्तै बन समहुको सदस्यहरुमा टेकराज खनाल, जुद्ध बहादुर विष्ट, मान बहादुर कुमाल, सरिता अधिकारी, जगीराम चौधरी, जग्गु प्रसाद चौधरी, मग्नी राम चौधरी, लगायतका रहेका छन । यसैविच,अध्यक्ष पदमा निर्वा्चित शर्माले बन बातावरण को संरक्षका लागि वनको संरक्षण गर्दै सही सदुपयोग गर्ने प्रतिबद्धता जनाएकाछन ।

 

प्रकाशित मिति : २०७५ फाल्गुन ९ गते बिहिवार
प्रतिक्रिया