शितलपुरमा जारी शिवपुराणमा ४६ लाख संकलन

देविराम कुसारी, शितलपुर, ७ फागुन ।

तुलसीपुर १२ शितलपुर दाङमा जारी रहेको शिव महापुराणको आज सम्म ४६ लाख भन्दा बढी दान संकलन भएको छ । पञ्चमुखे शिव मन्दिर र अखेलृश्वर महादेवको मन्दिर निर्माणार्थ सञ्चालन भैरहेको शिवपुराणको आज मात्रै साढे पाँच लाख नगद दान संकलन भएको पुरान मुल आयोजक समितिका कोषाध्यक्ष हरिहर पौडेलले जानकारी दिनुभएको छ ।

पुराणमा तुलसीपुर १२ शितलपुरका लिलाधर गिरी र विनोद गिरीको परिवारले ५१ हजार पाँच सय पाँच, वडा नम्वर ५ तुलसीपुरका जमुना प्रशाद गुप्ता र तारादेवि गुप्ताले १५ हजार पाँच सय ५५, वडा नम्वर १२ शितलपुरका कल बहादुर भण्डारी र चित्रकुमारी भण्डारीले १५ हजार एक सय ५५, वडा नम्वर १२ कै कविरा अधिकारी र पुष्पा अधिकारीले १५ हजार १५ रुपैया नगद दान गरेको पौडलले जानकारी दिनु भएको छ ।

पुराणमा कार्यक्रमका प्रमुख अथिति दंगिशरण गापाका उपाध्यक्ष पिमा खड्का वलि र दुर्गा खड्काले १५ हजार ५ र गाउपालिको तर्फ वाट एक लाख एक हजार दान दिने घोषणा गर्नुभएको छ । तुलसी आवासिय मावि तुलसीपुरले १५ हजार पाच रुपैया , वडा नम्वर १३ रनियापुरका देवेन्द्र रिजाल र अम्विका रिजालले १५ हजार पाच, वडा नम्वर १३ बखरियाका चोपलाल वस्नेत र सीता वस्नेतले १५ हाजार पाच रुपैया , अमर मावि उरहरीले ११ हजार १ सय ११ रुपैया, दंगिशरण गाउपालीका वडा नम्वर २ का वडा अध्यक्ष तुलसीराम देवकोटाले सात हजार पाच रुपैया दान गरेका छन ।

शितलपुर शिव महापुराण मुल आयोजक समितिका संयोजक शक्ति कुमार शर्माको अध्यक्षता तथा दंगिशरण गापाका उपाध्यक्ष पिमा खड्का वलीको प्रमुख आतिथ्यतामा अन्य दाताले पनि सहयोग गर्नु भएको थियो । महापुराणमा मुख्य वाचकका रुपमा कोमल उपाध्यय र सहवाचकमा दुर्गा प्रशाद भुषाल रहेको १०८ श्रिमदभागवद संकल्पकर्ता डिला पाण्डेले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया