दाङ जिल्ला खानेपानी संजालको बैठक तुलसीपुरमा

तुलसीपुर ४ फागुन

दाङ जिल्ला खानेपानी संजालले चैत्र मासन्त सम्म दुई दिने कार्याशाला गोष्ठि राख्ने भएको छ । संजालको तुलसीपुरमा सम्पन्न बैठकले एक घर एक धाराको नारालाई सार्थक तुल्याउन दाङमा रहेका खानेपानी उपभोक्ता समितिलाई बोलाएर व्यापक छलफल गर्ने गरी गोष्ठिको आयोजना गर्ने निर्णय गरेको हो । संजालका अध्यक्ष खेमराज वलीको अध्यक्षतामा बसेको बैठकले घोराही, लमही र तकियापुर खानेपानी उपभोक्ता समितिमा निर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना दिने निर्णय समेत गरेको संजालका सचिव प्रदिप गौतमले जानकारी दिनुभयो । यसैगरी संजालको रिक्त रहेको कोषाध्यक्ष पदमा लमही खानेपानीका उपाध्यक्ष लिला शाहलाई चयन गर्ने निर्णय समेत गरेको छ । खानेपानी उपभोक्ता समितिको अधिकारका लागि पैरवी गर्दै आएको संजालमा ८७ खानेपानी उपभोक्ता समिति आवद्ध छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते शनिवार
प्रतिक्रिया