टि-२० क्रीकेटको उपाधीको लागि गोरखा र डिभाईन भिड्दै

लक्ष्मण बस्नेत , तुलसीपुर ४ फागुन ।
दाङ तुलसिपुरको अरनिको मैदानमा जारी स्वर्गीय राज कुमार स्मृति टि(२० क्रीकेट प्रतियोगिताको उपाधिका लागि गोरखा माबी तुलसिपुर र डिभाईन टेम्पल एकाडेमी तुलसीपुर भिड्ने भएका छन । रोटरी क्लब अफ तुलसीपुर सिटि र रोट्रयाक्ट क्लब अफ तुलसिपुरको सयुत्त आयोजनामा संचालित प्रतियोगिताको फाईनल भिड्न्त शनिवार बिहान ८ बजे पछि हुनेछ ।

बिद्यालय स्तरमा क्रीकेट खेलको पहुँच अभिवृद्धि गर्ने उदेश्य का साथ आयोजना गरिएको प्रतियोगिताको शुक्रबार सम्पन्न कडा प्रतिस्पर्धा र रोमाञ्चक सेमिफाइनल खेलमा अमर बोर्डिङ स्कुल कालाखोला लाई ६ रनको अन्तरले पराजित गर्दै गोरखा माबी तुलसिपुरले फाईनल यात्रा तय गरेको हो ।

त्यस्तै पब्लिक ज्ञानज्योति माबी तुलसिपुरलाई सेमिफाइनलमा ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै डिभाईन टेम्पलले गोरखा माबी संगको उपाधी भिड्न्त पक्का गरेको हो । खेल अबधिभर अम्पायरको भुमिकामा बिनोद सिंह र दिवान पुन रहनु भएको थियो । यसैबीच आयोजकले शनिवार बिहान ८ बजे हुने फाईनल खेलमा उपस्तिथितिका लागि खेलप्रेमी,खेलाडी,उधोगी, व्यावसायि लगाएत सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते शनिवार
प्रतिक्रिया