वातावरण संरक्षणमा जोड

१८ माघ, मसुरीया(दाङ्ग)
राप्ती गाउँपालिकाको सौन्दर्यता बृद्धि तथा वातावरण संरक्षणमा राप्तीक्षेत्रका सामुदायीक वनले महत्वपुर्ण भुमीका खेलेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले बताउनु भएको छ । अध्यक्ष सुबेदिले शुक्रवार एक कार्यक्रममा गाउँपालिकाका बन समुहको बन संरक्षण गर्नेकार्य तथा जैविक बिभिधता संरक्षण गर्ने कार्यमा आईपरेका विभिन्न समस्याको समाधानको लागि गाउँपालिका सदैव लागीरहने बताउनु भएको छ ।
राप्ती गाउँपालिका स्तरिय बन महासंघको आयोजनामा  आयोजीत राप्ती क्षेत्रका सामुदायिक वन समुहका जिम्मेवार पदाधिकारीहरु संग वनको विषयमा गरिएको छलफल कार्यक्रममा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले  राप्ती क्षेत्रका सामुदायिक वनको विधान कार्ययोजना अनुसार बन पैदावारको सहि सदुपयोग र प्रयोगमा मितब्ययिता अपनाउदै  उपभोक्ताको आवस्यकताको पहिचान गरि वन बातावरणको संरक्षण गदैजान अनुरोध समेत गर्नुभएको छ ।
राप्ती गाउँपालिका स्तरिय बन महासंघका अध्यक्ष हरी भुसालको अध्यक्षता, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, देउखुरी बन डिभिजन कार्यालयको प्रमुख शंकर प्रसाद गुप्ताको विशिष्ट आथित्यतामा सम्पन्न राप्ती क्षेत्रका सामुदायिक वन समुहका जिम्मेवार पदाधिकारीहरु संग वनको विषयमा गरिएको छलफल कार्यक्रममा सामुदायिक वनका पदाधिकारीहरुले बनको क्षेत्रमा आईपरेका समस्या तथा समाधानका विषयबस्तु, कानुनी जटिलता, सहजता लगाएतका विषयमा समस्या तथा राम्रो पक्षको प्रस्तुति गर्नुभएको थियो ।
राप्ती क्षेत्रका १४ सामुदायिक वन समुहका पदाधिकारी तथा सरोकारवालहरुको सहभागीता रहेको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, देउखुरी बन डिभिजन कार्यालयको प्रमुख शंकर प्रसाद गुप्ता, राप्ती गाउँपालिका स्तरिय बन महासंघका अध्यक्ष हरी भुसालले सम्पुर्ण सरोकार वालाको समन्वय बाट वन समुहका समस्याको समाधान गरिने बताउनु भएको छ ।

प्रकाशित मिति : २०७५ माघ १८ गते शुक्रवार
प्रतिक्रिया