आइपिएल क्रिकेटको दशौं संस्करण आज उद्घाटन हुदै

चैत्र, २३ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०१७ आजदेखि सुरु हुँदैछ । सन् २००८ देखि सुरु भएको आइपिएलको यो दशौं संस्करण हो । प्रतियोगिताको उद्घाटन खेलमा आज राति सवा ८ बजे हैदराबादमा साबिक विजेता सनराइजर्स हैदरावादले उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्नेछ । सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर, दिल्ली डियरडेभिल्स, किंग्स इलाभेन पञ्जाब, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, राइजिङ पुणे सुपरजाइन्टस र गुजरात लायन्स गरी ८ टिमको सहभागिता रहेको छ ।

उद्घाटन खेलमा बैंग्लोर विराट कोहली बिना मैदान उत्रने छ । हैदरावाद भने डेविड वार्नरको कप्तानीमा मैदान उत्रिने छ । बैंग्लोरको कप्तानी सेन वाट्सनले गर्ने छन् । हैदरावाद र बैंग्लोरबिच अहिलेसम्म ९ खेल भएका छन्, जसमा पाँच खेलमा हैदरावाद र चार खेलमा बैंग्लोर विजयी भएको छ । गएको सिजन हैदरावाद दुई तथा बैंग्लोर एक खेलमा विजयी भएको थियो ।।

प्रकाशित मिति : २०७३ चैत्र २३ गते बुधवार
प्रतिक्रिया