मेयर कप फुटवलमा वडा नं.१४ बिजयी

घोराही

घोराहीमा जारी दोस्रो घोराही मेयर कप रनिङ फुटवलमा वडा नंं ५ लाई पछिपार्दै घोराही उपमहानगरपालिका वडा नं. १४ बिजयी भएको छ । सोमबार बिहान भरतपुर खेल मैदानमा भएको खेलमा वडा नम्बर १४ ले वडा नम्बर ५ लाई १ को विरुद्ध २ गोलले बिजयी भएको हो । वडा नं.१४ का तर्फबाट सुर्वण बुढा र सागर चौधरीले एक/एक गोल गरेको थिए ।

यस्तै वडा नं. ५ का तर्फबाट पुर्ण नेपालीले एक गोल गरेको थिए । बुढाले खेलको पहिलो चरणमै पेलान्टी मार्फत एक गोल गरेका थिए भने सागर चौधरीले दोश्रो चरणको मध्यमाग तिर गोल गरेको आयोजकले जानकारी दिएको छ । वडा नं. ५ का अविनास थापाले दोश्रो चरणको पहिलो समयमै गरेका थिए । उक्त खेलमा म्यान अफ ड म्याच वडा नम्बर ५ का जर्सि नम्बर १५ का अबिनास थापा भएका थिए ।

प्रकाशित मिति : २०७५ माघ ७ गते सोमवार
प्रतिक्रिया