लक्ष्मण विश्वकर्मा ,तुलसीपुर २२ चैत्र ।
तुलसीपुरको एक मात्र खेल मैदान अरनीको मैदानलाई मर्मत गरीएको छ । मैदानमा खाल्टा खुल्टी र समतल भुभाग नहुदा समस्या हुने गरेको थियो । तुलसीपुर नगरविकास समितिको स्वामित्वमा रहेको खेल मैदान सोमवार दोजर प्रयोग गरी मर्मत गरीएको हो । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा गत माघ १३ गते देखी २४ गते सम्म तुलसीपुरमा सन्चालन मध्यपश्चिम व्यापारिक महोत्सव २०७३ को मेलाबाट आम्दानी भएको रकम मध्य पाँच प्रतिशत वजेट अरनीको खेल मैदान मर्मतका लागी खर्च गरिने बताएको थियो । सो अनुरुप तत्कालिन महोत्सव आयोजक तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर नगरविकास समिति संग समन्वय गरी मर्मत गरीएको संघका अध्यक्ष विमल रिजालले बताउनु भएको छ ।
आगामी दिनहरुमा अरनीको मैदानमा हुने कुनै पनि खेलहरु खेल्नका लागी सहज हुने भन्दै मर्मत गरीएको अध्यक्ष रिजालले बताउनु भयो । तुलसीपुर क्षेत्रको एक मात्र खेल मैदानमा स्थानिय क्लवको कार्यक्रम देखी विभिन्न संघसंस्थाको आयोजनामा विभिन्न प्रतियोगिता कार्यक्रम हुने गर्दछन् । तयस्तैगरी उक्त मैदानमा राजनितिक पार्टीको स्थानिय तथा केन्द्रिय कार्यक्रम समेत हुने गर्दछ । खेल मैदान सवैका लागी महत्वपुर्ण भएपनि खेल मैदानको उचित संरक्षण नहुदा जिर्ण हुदै गएको छ । हाल मैदानको वरपर पर्खाल निर्माण गरीएता पनि दिर्घकालिन योजनाको विकास नहुदा समस्या भएको छ ।