हरेक वडामा खेलकुद मैदानः नगरप्रमुख पाण्डे

तुलसीपुर, मंसीर २२ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले हरेक वडामा खेलकुद मैदान निर्माणको काम अन्तिम चरणमा पुगेको वताएका छन् । खेलकुद राष्ट्रको शक्ति भएको वताउँदै पाण्डेले वडा वडामा खेलकुद मैदान निर्माण गरेर उपमहानगरपालिकाले खेलाडी उत्पादनलाई प्राथमिकता दिएको वताए । ‘खेलकुदले मानिसलाई स्वस्थ मात्र होइन ठाउँलाई पनि सबैतिर परिचित वनाउँछ ’ पाण्डेले भने । प्रथम दुधेना कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख पाण्डेले खेलाडी उत्पादनका लागि तुलसीपुरले मेयरकप प्रतियोगिताको नियमित आयोजना गरिएको पनि वताए ।

‘हामीले खेलका गरेको लगानीकै कारण सरकारले तुलसीपुरलाई खेलकुद नगरी घोषणा गरेको हो’ पाण्डेले भने । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीवहादुर डाँगी, वडा नम्वर ८ का अध्यक्ष वेदु केसी, वडा नम्वर ९ का वडाध्यक्ष घनश्याम ढकाल,तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजँग शाह, जिल्ला फुटवल संघका अध्यक्ष सुशिल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

वडा नम्वर ९ को गैरी चौर खेल मैदानमा आयोजना गरिएको प्रतियोगितामा १० वटा फुटवल क्लवहरुले भाग लिएको संयोजक प्रकाश विकले वताए । उनले खेल नकआउट चरणमा खेलाइने समेत जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई रु १५ हजार पुरस्कार राखिएको पनि आयोजकले जानकारी दिएको छ । प्रतियोगिता मंसीर २६ गते सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया