नारायण भण्डारी
तुलसीपुर २० चैत्र । तुलसीपुर उपमहानगरपालिकाका कार्याकारी अधिकृत टोपेन्द्र केसीले अर्थतन्त्रका तीन खम्बा मध्य सहकारी सबैभन्दा बलियो खम्वा भएको बताउनु भएको छ । ६० औं राष्ट्रिय सहकारी दिवसका अवसरमा नगर स्तरिय सहकारी सञ्जालले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले अर्थतन्त्रको बलियो खम्वा सहकारी राज्य पुनःसंरचना पछि झनै बलियो भएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि केसीले राज्य पुनः र्सरचना पछि बनेको स्थानिय निकायले सहकारीको स्वामित्व ग्रगण गर्दै जाँदा सहकारीको सवलीकरणमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
बचत तथा ऋण सहकारी तुलसीपुर स्तरिय सञ्जालका संयोजक शुरेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले दीगो विकास लक्ष प्राप्तीका लागि सहकारी शसक्त माध्यम भएकोमा जोड दिएका थिए । बक्ताहरुले आयात बढ्दा ब्यापार घाँटा पनि बढेको चर्चा गर्दै सहकारी संस्था मार्फत उत्पादन बढाएर ब्यापार घाँटालाई कम गर्न सक्नु पर्ने बताएका थिए । सहकारी संस्था र तीनमा आवद्ध सदस्यहरुको संख्या बढिरहँदा खेतियोग्य जमिन घरघडेरीका रुपमा टुक्रिने क्रम नरोकिएको भन्दै त्यसलाई रोकी कृषि उत्पादनलाई बढाउन सबै लाग्नु पर्नेमा उनीहरुको जोड थियो ।
नगरस्तरिय सहकारी सञ्जालका सदस्य रमा आचार्यको सञ्चालनबाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला सहकारी संघका उपाध्यक्ष शेषुराम भण्डारी, नयाँ कृषि अभियान कृषि सहकारी संस्थाका उपाध्यक्ष घनश्याम पाण्डे,, जिल्ला संघका लेखा समिति संयोजक हेमराज गौतम, जिल्ला बचत संघका लेखा समिति संयोजक रमाभक्त अधिकारी, मितेरी साकोषका बलदेव आचार्य, कार्यक्रम आयोजक मूल समितिका सदस्य केशव सापकोटा, नेपाल पत्रकार महासंघ दाङका सदस्य नारायण भण्डारी लगायतले सहकारी आन्दोलनको सवलिकरणका लागि सञ्चालकहरुमा इमानदारीता र सदस्यहरुमा सहकारी प्रति अपनत्व हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा बासुदेव आचार्य, देवा बस्नेत, जागेश्वर भण्डारी, बसन्ता आचार्य लगायतले सहकारी गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य रत्नबहादुर वलीले स्वागत मन्तब्य राख्नु भएको थियो । औपचारिक कार्यक्रम सुरुहुनु पुर्व तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिरबाट निकालियको ¥यालीले बजार परिक्रमा गरेको थियो । ¥यालीमा सहकारी र बचत सम्बन्धी नारा लेखिएका प्ले कार्ड र ब्यान सहित तुलसीपुर उपमहानगरपालिका र आसपासका गरी २२ वटा सहकारी संस्थाहरुको सहभागी थियो ।
¥यालीमा सहभागी सबैसंस्थालाई आयोजकले प्रमाणपत्र प्रदान गरेको छ भने उत्कृष्ट भएका संस्थाहरुलाई पुरस्कार र सम्मान पत्र प्रदान गरिएको छ । ¥यालीमा सहभागी भएका २२ वटा सहकारी संस्थाहरु मध्य श्रृजना महिला बचत तथा ऋण सहकारी टरिगाउँ प्रथम, सहयोगी बचत तथा ऋण सहकारी संस्था तुलसीपुर दोश्रो, मितेरी बचत तथा ऋण सहकारी संस्था उरहरी तेश्रो र राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था तुलसीपुर सान्त्वना भएको मुल्याङ्कन समितिका संयोजक शालिकराम रजौरले जानकारी दिनुभयो ।।