२०८३ मङ्सिर ९ गते बुधवार

सुनको भाउ आज ६ हजार ५ सय रुपैयाँले घट्यो

काठमाण्डौं,९ मंसिर । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ६ हजार ५०० रुपैयाँले घटेर आज तोलाको २ लाख ४१ हजार ४०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा ५०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर तोलाको ३ हजार ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा ३५ र अस्ति ४५ रुपैयाँले बढेको थियो । हिजो चाँदीको भाउ तोलाको ३ हजार १४५ रुपैयाँ रहेको थियो । ।

प्रकाशित मिति : २०८३ मङ्सिर ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।