२०८३ भाद्र २५ गते बिहिवार

दाङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने चार ट्रयाक्टर नियन्त्रणमा

दाङ,२५ भदौ । दाङमा अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा, मिस्कट तथा ढुङ्गा) उत्खनन गरिरहेको अवस्थामा दाङमा विभिन्न स्थानबाट चार वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी चौकीबाट खटिएको टोलीले राजपुर गाउँपालिका–२, बेलाबाट रा १ त १३४६ र लु ३ त ४२५६ नम्बरका ट्र्याक्टर नियन्त्रणमा लिएको हो। लु ३ त ४२५६ नम्बरको ट्र्याक्टर भने दुई पटक नियन्त्रणमा परेको प्रहरीले जनाएको छ। त्यस्तै, गढवा गाउँपालिका–४, बाकीँबाट रा १ त १८७८ नम्बरको ट्र्याक्टरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको कार्यालयमा पठाइएको थियो। सम्बन्धित पालिकाबाट आवश्यक कारबाही सम्पन्न भएपछि ती ट्र्याक्टरहरू सवारीधनीको जिम्मा लगाई फिर्ता पठाइएको प्रहरीले जनाएको छ। यसैबीच, राजपुर गाउँपालिका–५, चंगुवाबाट नम्बर नखुलेको एउटा ट्र्याक्टरसमेत फेला परेको छ। उक्त ट्र्याक्टरका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।