२०८३ कार्तिक ८ गते शनिवार

भक्तपुरमा दुई दिने कृषि मेला सुरु

भक्तपुर, १९ कृषि मन्त्री गौरीशंकर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी गरेको बताउनु भएको छ । शनिबारबाट भक्तपुरको सूर्यविनायकमा जिल्ला कृषि सहकारी संघले आयोजना गरेको दुई दिने बृहत कृषि मेलाको उद्घाटन गर्दै उहाँले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको हो ।  कृषि सहकारीको माध्यम एवं निजी कृषि संस्थाहरुबाट पनि कृषिको विकासका लागि सरकारले साझेदारी रुपमा काम गर्न खोजेको बताउँदै उहाँले कृषिलाई माथि उठाउन सरकारले थप कार्यक्रमहरु ल्याउन लागेको बताउनुभयो । कृषिमा आत्मनिर्भर बन्नसक्ने क्षेत्र भनेको कृषि, उर्जा, पर्यटन क्षेत्र नै भएको बताउँदै उहाँले कृषिको विकास, उर्जाको विकास एवं प्रबद्र्धन तथा पर्यटन क्षेत्रको विकास गर्न सके नेपाल पूर्ण रुपमा आत्मानिर्भर बन्नसक्ने बताउनुभयो । कृषिको उत्पादनलाई बजारीकरण गर्न सके कृषि उत्पादन बढाउन सक्नेमा जोड दिँदै उहाँले त्यसका लागि कृषि समूह, कृषक र राज्यले संयुक्त रुपमा कार्यक्रमहरु लैजानु पर्न बताउनुभयो ।

प्रकाशित मिति : २०७३ चैत्र १९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।