२०८३ भाद्र २२ गते सोमवार

    दाङ हाप्किडो च्याम्पियनसिपमा तुलसीपुरको शान, टिमतर्फ दोस्रो स्थान

तुलसीपुर २१ भदौ । पाँचौँ जिल्ला स्तरीय हाप्किडो च्याम्पियनसिपमा तुलसीपुर उपमहानगरपालिकाको टोलीले शानदार प्रदर्शन गर्दै टिमतर्फ दोस्रो स्थान हासिल गरेको छ।

भदौ १९ देखि २१ गतेसम्म दाङमा सञ्चालन भएको प्रतियोगितामा तुलसीपुरबाट ४३ जना खेलाडी सहभागी भएका थिए। प्रतियोगितामा तुलसीपुरका खेलाडीहरूले उत्कृष्ट खेल कौशल प्रस्तुत गर्दै १६ स्वर्ण, १० रजत र १४ कांस्य गरी कुल ४० पदक जित्न सफल भएका हुन्।

प्रतियोगिताभर तुलसीपुरका खेलाडीहरूले देखाएको आत्मविश्वास, अनुशासन, मेहनत र प्रतिस्पर्धात्मक प्रदर्शनले टोलीलाई समग्र टिमतर्फ दोस्रो स्थान दिलाएको हो। उत्कृष्ट नतिजासँगै तुलसीपुरको टोलीले टिम दोस्रोको ट्रफी समेत हात पारेको छ।

खेलाडीहरूको यो सफलतालाई तुलसीपुरमा हाप्किडो खेलको बढ्दो आकर्षण र सम्भावनाका रूपमा हेरिएको छ। सीमित स्रोतसाधनका बीच निरन्तर प्रशिक्षण, लगनशीलता र खेलाडीहरूको मेहनतले प्राप्त गरेको यो उपलब्धिले आगामी दिनमा तुलसीपुरबाट थप उत्कृष्ट खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ।

प्रतियोगिताबाट प्राप्त सफलताले खेलाडीहरूमा थप आत्मविश्वास र उत्साह बढाउनुका साथै हाप्किडो खेलको विकासका लागि नयाँ ऊर्जा थपेको सहभागीहरूको भनाइ छ तुलसीपुरको टोलीले आगामी प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसमेत लिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २१ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।