रोल्पा, १४ असार । रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँमा २४ वर्षीय एक युवक आफ्नै घरमा मृत फेला परेका छन् । घर्तिगाउँ निवासी प्रकाश वली भन्ने ओमप्रकाश वली हिजो शनिबार बिहान करिब ३ बजेको समयमा आफ्नै घरको सुत्ने कोठामा अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उनीसँगै सुतेका सोही वडाको गल्सु निवासी २८ वर्षीय कमल खड्काले अचेत अवस्थामा देखेपछि तत्काल परिवारलाई जानकारी गराएका थिए ।
परिवारले उपचारका लागि माडी गाउँपालिका–२ स्थित स्मृति अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको घोषणा गरेका थिए । प्रहरीका अनुसार हालसम्म मृत्युको कारण खुल्न सकेको छैन । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८३ असार १४ गते आइतवार






