२०८३ असार ६ गते शनिवार

विश्वकप फुटबल : पाराग्वेले टर्कीएलाई एक गोलले हरायो

काठमाण्डौ, ६ असार । विश्वकप फुटबलमा १० खेलाडीमा सिमित पाराग्वेले टर्कीएलाई एक गोलले हराएको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज बिहान भएको तनावपूर्ण खेलमा पाराग्वे विजयी भएको हो । पाराग्वेका लागि माटियास गालार्जाले खेलको दोस्रो मिनेटमै गोल गरेका हुन् । जुन निर्णायक भयो ।

समूह -डी) मा टर्कि आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग २ गोलले र पाराग्वे आयोजक अमेरिकासँग ४–१ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । अमेरिका नकआउट चरणमा पुग्दा समान ३ अंक रहेको अस्ट्रेलिया दोस्रो र पाराग्वे तेस्रो स्थानमा छ । विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पौने ११ बजे नेदरल्यान्डस् र स्वीडेनबीच खेल हुनेछ ।

प्रकाशित मिति : २०८३ असार ६ गते शनिवार
प्रतिक्रिया