२०८३ असोज ४ गते आइतवार

लुम्बिनी प्रदेश सरकारको गेटमा पत्रकारहरुको धर्ना

दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारको गेट अगाडी पत्रकारहरुले धर्ना दिएका छन् । निजी क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अगुवाइमा प्रदेशका क्रियाशील पत्रकारहरूले धर्ना दिएका हुन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार देशव्यापी आन्दोलन कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशमा पनि धर्ना कार्यक्रम आयोजना गरिएको हो ।

पत्रकारहरूले सरकारले विज्ञापन तथा सार्वजनिक सूचनामाथि नियन्त्रण कायम गर्न खोजेको भन्दै उक्त निर्णय प्रेस स्वतन्त्रता र स्वतन्त्र सञ्चार माध्यम माथिको हस्तक्षेप भएको बताएका छन्। उनीहरूले सञ्चार क्षेत्रलाई कमजोर बनाउने तथा निजी मिडियाको अस्तित्वमाथि नै चुनौती सिर्जना गर्ने निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेका छन्। धर्ना कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, महासघकम लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी लगायतले सरकार आफ्नो निर्णयबाट पछि नहटे र माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

साथै, प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने अधिकार तथा स्वतन्त्र पत्रकारिताको संरक्षणका लागि एकजुट भएर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । यसै बिच महासंघको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सँग भेटघाट गरेको छ ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।