२०८३ असोज ४ गते आइतवार

श्रीमतीको हत्या आरोपमा नेपाली ब्रो पक्राउ

फोटो फाईल

काठमाण्डौ, २३ जेठ । काठमाण्डौमा श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा बस्ने ईश्वरी भुजेल र श्रीमान् ४२ वर्षीय थापाबीच घरायसी विवादका क्रममा झगडा भएको र थापाले रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा गएराति त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न थापा पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो । उनलाई प्रहरी वृत्त बालाजुमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थापा बडीबिल्डर एवं सामाजिक सञ्जालमा -नेपाली ब्रो)का नामले परिचित छन् ।

प्रकाशित मिति : २०८३ जेष्ठ २३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।