२०८३ कार्तिक ७ गते शुक्रवार

काभा महिला भलिबल च्याम्पियनशिपमा नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौ, ११ जेठ । माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए को आफ्नो अन्तिम खेलमा हिजो नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो ।

त्रिपुरेश्वरको दशरथ रङ्गशाला कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट २५–१२, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–२० ले जित्यो । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ३–२ को सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो ।

आज भारत र किर्गिस्तानबीचको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । यस्तै समूह ‘बी’ बाट काजकिस्तान र इरान लगातार दोस्रो जीतसहित सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।