२०८३ कार्तिक ७ गते शुक्रवार

नेपालले अमेरिकालाई ९ विकेटले हरायो,अर्को खेल स्कटल्याण्ड संग खेल्ने

काठमाण्डौ, २ जेठ । आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा १ विकेट गुमाएर भेटाएको हो ।नेपालका कुशल भुर्तेलले शतकसहित १ सय १९ रन बनाउनुभयो । यस्तै आसिफ शेखले ५८ रन बनाए । आजको खेलबाट डेब्यू गरेका ईशान पाण्डेले अविजित २० रन बनाउनुभयो ।

त्यसअघि त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस जितेर ब्याटिङ ब्याटिङ गरेको अमेरिकाले ४३ ओभर ३ बलमा १ सय ९५ रन बनाएर अलआउट भयो । अमेरिकाका समित पटेलले ८३ र शेहान जयसूर्यले ५० रन बनाउनुभयो । नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिनुभयो ।नेपालमा भइरहेको लिग–टू एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन् । अंकतालिकामा नेपाल २६ खेलमा २० अंकसहित सातौं स्थानमा छ । अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ ।

यो शृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्यान्डले लगातार दुई जित निकालेपछि दोस्रोमा झरेको हो । स्कटल्यान्ड ३० खेलमा ३८ अंक जोडेर शीर्षस्थानमा छ । कीर्तिपुरमा यसअघि मंगलवार र बिहिवार भएको खेलमा स्कटल्यान्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको थियो । नेपाल र अमेरिका अहिलेसम्म एकदिवसीय खेलमा ११ पटक खेलेका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एउटा खेल टाई भएको थियो । नेपालले आफ्नो तेस्रो खेलमा पर्सि ४ गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।