काठमाडौ, २९ बैशाख । आईसीसी विश्वकप क्रिकेट लिग–टु श्रृंखला अन्तर्गत आजदेखि घरेलु मैदानमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित एकदिवसीय खेल शुरु हुँदैछ । आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । यो खेल अहिलेकेहि समयपछि त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
गएरातिको वर्षाले मैदान ओसिलो छ । यसअघि घरेलु मैदानमा नै नेपालले ओमान र युएई सम्मिलित श्रृंखला खेलको थियो । नेपालले चारमध्ये ३ खेलमा जित निकालेको थियो । लिग–टु मा नेपाल १८ अंकसहित सातौं स्थानमा छ । अमेरिका ३६ अंकसहित पहिलो र स्कटल्याण्ड ३४ अंकसहित दोस्रो स्थानमा छ ।
यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्यान्डसँग दुई/दुई वटा अभ्यास खेल खेलेकोमा सबै जितेको छ । नेपाल ए टोलीबाट खेलेका ईशान पाण्डे सिनियर टोलीमा समेटिएका छन् । नेपालले जेठ २ मा अमेरिकासँग, जेठ ४ मा फेरि स्कटल्यान्डसँग अनि जेठ ८ मा अमेरिकासँग खेल्नेछ ।
नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी -उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, ईशान पाण्डे, नन्दन यादव, गुलशन झा, अर्जुन कुमाल, सोमपाल कामी, सन्दीप लामिछाने, करण के सी, ललित राजवंशी रहेका छन् ।





