२०८३ असोज ४ गते आइतवार

दाङमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या,अभियुक्त फरार

दाङ, २६ बैशाख । दाङमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले दिएको जानकारी अनुसार राजपुर गाउँपालिका ४ सन्तपुरुवा बस्ने अन्दाजी २३ बर्षिय ईच्छा कुमार रैदासले सोहि वडाका फोहोरा बस्ने अन्दाजी ५६ वर्षीय भोला यादवको धारिलो हतियार प्रहार हत्या भएको हो ।

स्थानिय रामजानकी सामुदायिक वनबाट साल जातको काचो काठ काटेर ल्याएको विषयलाई लिएर विवाद हुदा रैदासले यादवको टाउकोमा धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको उहाले जानकारी दिनुभयो । घटना शनिवार दिउँसो साढे एक बजेतिर भएको थियो ।

घटना भएको खबर पाउन साथ प्रहरीको टोली घटनास्थलमा जादा रेदास फरार भएको र खोजी कार्यभईरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले मृतकको शवलाई पोष्टमाटमका लागी लमही अस्पतालमा राखीएको जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख २६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।