युनाईटेड लाई तरुण कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत, २५ असोज तुलसीपुर  ।
दाङ तुलसीपुर अरनीको मैदानमा सम्पन्न जिल्ला स्तरिय तरुण कप फुटबल प्रतियोगिता २०७५ को उपाधी युनाईटेड युथ क्लब तुलसिपुरले हात पारेको छ । तरुणदल तुलसीपुर उप–महानगरपालिका वडा नं ५ को आयोजनामा विजया दशमी २०७५ को अवसरमा आयोजीत प्रतियोगिताको फाईनलमा नामिनगर युबा क्लब तुलसिपुरलाई सर्ट एण्ड डेथमा १-० गोलको अन्तरले पराजीत गर्दै युनाईटेडले उपाधी चुमेको हो ।

उपाधी संगै उसले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । त्यस्तै फाइनलमा पराजीत हुदै उपविजेतामा चित्त बुझाउन बाध्य नामिनगरले नगद २२ हजार २ सय २२ रुपैया, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्‍यो । उल्लेख्य दर्शकका माझ बुधबार सम्पन्न सानदार खेलको निर्धारित समय सम्म १/१ गोलको बराबरी भएपछी खेल ट्राईवेकरमा गएको थियो । ट्राइवेकरमा पनि खेलको नतिजा ननिस्किएपछि खेल सर्ट एण्ड डेथमा गएको थियो । प्रतियोगिता अबधिभर रास्ट्रीय रेफ्री शिवहरि शर्मा,एन्फा रेफ्री डिएन दहाल,केशब चौधरी मिङमा,प्रकाश बिक रहनु भएको थियो ।

ग्रामिण स्तरमा खेलकुदको पहँच अभिवृद्धि गर्ने र नयाँ पिढीलाई फुटबल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लामा स्थापीत २४ वटा फुटबल क्लबहरुको सहभागिता रहको थियो ।
यसैविच प्रतियोगिताको समापन समारोह तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का सभापति सुनिल बाबु डाँगीको अध्यक्षता तथा नेपाली काग्रेस दाङका सभापति कृति बहादुर खड्को प्रमुख आतिथ्य एंव तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहको विशिष्ठ आतिथ्यमा भएको थियो ।

सो अबसरमा दाङको खेलकुदको क्षेत्रमा कलम चलाएको भन्दै खेलकुद पत्रकार लक्ष्मण बस्नेतलाई सम्मान गरिएको थियो । त्यस्तै प्रतियोगितालाई सार्थक र परिणाममुखी बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याउने ब्याक्ती तथा सघ/सस्थालाई प्रशंसा स्वरुप सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरु मध्यबाट वेस्ट प्लेयर खेलाडी युनाईटेडका बिनु मगर,वेस्ट मिडफील्डर नामिनगरका महेश चन्द, हाईस्कोरर नामिनगरकै बिक्रम सिह, वेस्ट डिफेन्स नामिनगरका उज्वल चौधरी,वेस्ट किपर युनाईटेडका रेम्बो चौधरी,बेस्ट कोच स्कुल स्पोर्ट्स फुटबल एकाडेमिका सुधिर गुरुङलाई घोषणा गरिएको थियो । उनिहरुलाई ट्रफी तथा प्रमाणपत्र प्रदान समेत गरिएको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७५ असोज २५ गते बिहिवार
प्रतिक्रिया