२०८३ बैशाख १५ गते मङ्गलवार

रोल्पामा बालक माथी कुटपिट गर्ने एक जना पक्राउ, दुई जना फरार

सांकेतिक तस्विर

दाङ, १५ बैशाख । रोल्पामा बालकमाथी कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् भने दुई जना अभियुक्त फरार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । पक्राउ पर्नेमा गंगादेव गाउँपालिका ५ बस्ने ५० बर्षिय भिम बहादुर खत्री रहेको प्रहरीले जानकारी दिएको छ ।

सोहि वडाका कुईनेटा बस्ने पुर्ण बहादुर विकका वर्ष ११ को छोरा खगेन्द्रलाई गत शुक्रवार बेलुका कुटपिट गरेको घटनामा संलग्न भएका अन्य दुई जना फरार रहेका छन् । फरार हुनेमा सोहि वडाका ४५ बर्षिय मस्त बहादुर खत्री र २० बर्षिय टोप बहादुर खत्री रहेको प्रहरीले जानकारी दिएको छ ।फरार भएका दुई जना अभियुक्तहरुको खोजीकार्य भईरहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा तिन जना प्रतिवादी विरुद्ध भेदभाव तथा अपमानजन्य व्यवहार सम्बन्धी कसूरमा आबश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १५ गते मङ्गलवार
प्रतिक्रिया