२०८३ बैशाख १५ गते मङ्गलवार

अतिक्रमण हटाउने विषयमा छलफल गर्न दाङका १० वटै पालिका प्रमुखलाई उर्दी

दाङ, १५ बैशाख । दाङमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउनका लागि छलफल गर्न जिल्ला प्रशासन कार्यालयले दाङका १० वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई उर्दी जारी गरेको छ । बालेन शाह नेतृत्वको सरकारले गएको चैत्र १४ गते शासकीय सुधारका लागि ल्याएको एक सय वुँदे कार्य सूचि अन्तर्गत जिल्ला प्रशासनले पालिका प्रमुख र उपप्रमुखलाई छलफलका लागि बोलाएको हो ।

सरकारले सार्वजनिक गरेको एकसय कार्यसूचि मध्य ९२ नम्बर बुँदामा नयाँ अतिक्रमणमा कडाइका साथ रोक लगाउने र सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउने कार्य तत्काल सुरु गर्ने उल्लेख गरिएको छ । यसैलाई आधारमा मानेर जिल्ला प्रशासन कार्यालय दाङले परिपत्र गरेको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयलाई संघिय सरकारको प्रतिनिधिका रुपमा लिइन्छ । प्रशासनले सवा १० बजे स्वास्थ्य कार्यालयको सभाहलमा बोलाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १५ गते मङ्गलवार
प्रतिक्रिया