२०८३ बैशाख १३ गते आइतवार

कठोर बर्दिभित्र लुकेको कोमल मानवियता देखाउदै प्रहरी जवान खड्का

काठमाडौ, १३ बैशाख । सरकारले काठमाडौ क्षेत्रका बागमती नदी किनारमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी बस्ती खाली गर्ने अभियान अहिले तीव्र पारेको छ । विभिन्न क्षेत्रमा जग्गा अतिक्रमीत गरी बनाईएका घरटहराहरु डोजर लगाएर हटाउने कार्य अघि बढाएको छ । सरकारले सुचना जारी गरी बस्ती खाली गर्न भनेपछि स्थानियले आफै सरसमानहरु स्थानान्तरण गर्दै आएका छन् । यस कार्यमा सुरक्षाकर्मीहरुले समेत स्थानियको सरसमान स्थानान्तरण गर्न सहयोगीको भुमिका खेल्दै आएको पाईएको छ ।

सुरक्षाकर्मी आफैले पनि उनीहरुका समान स्थानान्तरण गर्न, बृद्ध,जेष्ठनागरिक, असहाय र बालबालिकाहरुलाई समेत सहयोग गर्दै आएको दृश्य सार्वजनिक भईरहेका छन् ।यसै क्रममा एक प्रहरी जवान अमर खड्काले आफ्नो कर्तव्यलाई संवेदनशीलतासँग जोड्दै नागरिकहरूको सामान आफैं बोकेर सुरक्षित स्थान सम्म पु¥याउन सहयोग गरेको दृश्यले सबैको मन छोएको छ। उहाले मानवियता धर्मका हिसाबले समस्यामा परेका नागरिकहरुलाई सहयोगी भुमिका खेल्दै आउनु भएको छ ।

उहाको प्रशंसनिय र उदाहरणी कार्यले प्रहरीको कठोर बर्दिभित्र लुकेको कोमल मानवियताले समाजमा सकारात्मक सन्देश फैलाएको छ।स्थानान्तरणको प्रक्रियामा सर्वसाधारणको दैनिकी प्रभावित नहोस् भन्ने लक्ष्यसहित प्रहरी टोलीले वृद्ध, महिला र बालबालिकालाई प्राथमिकतामा राख्दै सहयोग गरिरहेको छ।

केवल सुरक्षा घेरामा सीमित नरही प्रत्यक्ष श्रमदान गर्दै गरेको प्रहरीको यो रूपले नागरिक र सुरक्षाकर्मीबीचको सम्बन्ध अझ बलियो बनाएको छ।छत्रेश्वरी गाउँपालिका–३, दारिमज्युला सल्यानमा जन्मिएका खड्का सानैदेखि सामाजिक कार्यमा रुचि राख्ने र पढाइमा अब्बल विद्यार्थीका रूपमा चिनिन्थे । हाल प्रहरी जवान खड्का प्रहरी प्रभाग गोगंबु नयाँबसपार्कमा कार्यरत रहनु भएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १३ गते आइतवार
प्रतिक्रिया