तुलसीपुर, ७ बैशाख । जन्मदिनको अवसर पारेर तुलसीपुरमा असहाय तथा विपन्न परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । हाल अमेरीकाको भर्जिनिया बस्ने कमला कराराले आफनो जन्मदिनको अवसरमा तुलसीपुर ३ दमारगाउँका ४ जना र तुलसीपुर ७ का तिन जनालाई खाद्यन्न सहयोग गर्नुभएको हो ।
उहाका दिदी तथा महिला अधिकारकर्मी युवा करारा मार्फत उनीहरुलाई खाद्यन्न हस्तान्तरण गरिएको हो । आफु अमेरिका भएपनि दिदी मार्फत प्रतिघर परिवारलाई एक बोरा चामल,१ लिटर तेल, २ पोका नुन र १ केजी दाल विवरण गरिएको हो ।
बहिनी विदेशमा बसेपनि जन्मदिनको अवसरमा प्रत्येक वर्ष बिपन्न, असहाय र अनाथ बालबालिकाहरुलाई सहयोग गर्दै आएको युवा कराराले बताउनु भएको छ । बहिनी प्रति जन्मदिनको शुभकामना व्यक्त गर्दै उहाले सहयोग नै मानविय धर्म भएको बताउनुभयो ।
प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार


















