सांकेतिक तस्विर
तुलसीपुर, २४ चैत । दाङमा फरार सुचीमा रहेका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।प्रहरीले फरार अभियुक्तहरुको खोजी गर्ने अभियान अन्र्तगत खोजीकार्य गर्नेक्रममा यहि चैत १५ गते देखि २४ गतेसम्म दश दिनको अवधीमा २१ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत घोराहीमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ । अदालतले विभिन्न मुद्दामा उनीहरुलाई चार वर्ष आठ महिना १९ दिन कैद र १ लाख ९ हजार छ सय सन्ताउन्न रुपैया जरिवानाको फैसला सुनाएको थियो ।
प्रकाशित मिति : २०८२ चैत्र २४ गते मङ्गलवार








