२०८२ चैत्र २३ गते सोमवार

खानेपानी महासंघको भेला दाङमा सम्पन्न, प्रदेश अध्यक्षमा गौतम

दाङ, २१ चैत्र । राष्ट्रिय साना शहरी खानेपानीउपभोक्ता महासंघको लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदिप गौतम सर्वसम्मत रुपमा चयन हुनु भएको छ । घोराही उपमहानगरपालिका – १० नारायणपुरमा सम्पन्न भएको प्रदेशस्तरीय भेलाले गौतमको अध्यक्षतामा समिति गठन गरेको हो । गौतम दाङको बेलझुण्डी खानेपानीका अध्यक्ष समेत हुनुहुन्छ । त्यसैगरी समितिको उपाध्यक्षमा दोर्णप्रसाद जैशी, सचिवमा नीलकण्ठ पोखरेल, कोषाध्यक्षमा दिनेशकुमार उपाध्याय, सहसचिवमा ऋषिराम पण्डित रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा बिमल प्रसाद पन्थी, विश्वराज आचार्य, रेवती आचार्य, सरद बुढाथोकी, मेनुका अधिकारी, खगेन्द्र अधिकारी, साझ महमद, बल बहादुर थापा, गोपाल चन्द, इन्द्रा घर्ती, भुप बहादुर केसी, भरत प्रसाद पाण्डे चयन हुनुभएको निर्वाचन संयोजक शंकर गौतमले जानकारी दिनुभयो ।

भेलामा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका ८५ वटा खानेपानी उपभोक्ता समितिका ३ सय ५० जना पदाधिकारीहरुको सहभागिता रहेको खानेपानी महासंघका केन्द्रिय अध्यक्ष खेमराज वलीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश संयोजक टेक नारायण भुषालको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण खानेपानी महासंघका केन्द्रिय उपाध्यक्ष द्धोय रामचन्द्र उपाध्याय र जानका केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ चैत्र २१ गते शनिवार
प्रतिक्रिया