२०८२ चैत्र २३ गते सोमवार

खानेपानी महासंघ दाङको अध्यक्षमा ध्रुव केसी

तुलसीपुर, २१ चैत्र । राष्ट्रिय साना शहरी खानेपानी महासंघ जिल्ला कार्यसमिति दाङको अध्यक्षमा ध्रुव केसी चयन हुनु भएको छ । घोराही उपमहानगरपालिका – १० नारायणपुरमा सम्पन्न भेलाले केसीको अध्यक्षतामा १६ सदस्य कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा रत्ना केसी, चन्द्र प्रकाश आचार्य, सचिव वासुदेव गौतम, कोषाध्यक्ष यादव प्रसाद शर्मा र सहसचिवमा सनम पौडेल चयन हुनु भएको छ ।

त्यसैगरी नवगठित समितिको सदस्यहयरुमा उषा चौधरी, लक्ष्मी आचार्य, कुन्ता पोख्रेल, शान्ती महत, चेत वहादुर जिसी, उमाकान्त अधिकारी, मीनराज लम्साल डिल्ली वहादुर वली, खुम बहादुर वली, आशा राम नेपाली (शंकर) र कुल राज देवकोटालाई चयन गरिएको छ । सुक्रबार देखि सुरु भएको लुम्बिनी प्रदेश स्तरिय दुई दिने भेलाबाट प्रदेश र जिल्ला कार्य समिति गठन गरिएको निर्वाचन समितिका सदस्य श्रवण कुमार रजौरे श्रवणले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ चैत्र २१ गते शनिवार
प्रतिक्रिया