२०८२ चैत्र २० गते शुक्रवार

देखावटी पानी दिवसभन्दा प्रभावकारी जल व्यवस्थापन आवश्यक : अध्यक्ष वली

दाङ ८ चैत । राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज वलीले पानी दिवसका नाममा हुने देखावटी खर्चप्रति चिन्ता व्यक्त गर्दै स्वच्छ खानेपानी व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

विश्व पानी दिवसको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष वलीले पछिल्लो समय पानी दिवस मनाउने क्रममा लाखौँ रुपैयाँ खर्च गरेर कार्यक्रम आयोजना गर्ने तर वास्तविक समस्या समाधानमा कम ध्यान दिने प्रवृत्ति बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार यस्तो अभ्यासले अपेक्षित परिणाम दिन सक्दैन।

“पानी मानव जीवनको आधार हो, तर नेपालका धेरै ग्रामीण तथा शहरी क्षेत्रमा अझै स्वच्छ खानेपानीको पहुँच पर्याप्त छैन,” उहाँले भन्नुभयाे, “पानी दिवस जस्ता कार्यक्रमले सचेतना फैलाउनु राम्रो हो, तर त्यो केवल औपचारिकता र प्रदर्शनमा सीमित हुनु हुँदैन।”

अध्यक्ष वलीका अनुसार देशका विभिन्न स्थानमा दूषित पानीका कारण झाडापखाला, टाइफाइड र जण्डिसजस्ता रोग फैलिने समस्या अझै कायम छ, जसले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ।

प्रकाशित मिति : २०८२ चैत्र ८ गते आइतवार
प्रतिक्रिया