२०८३ असोज ६ गते मङ्गलवार

सुर्खेतकी इनिशाको हत्याको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौ, ७ चैत । सुर्खेतकी इनिशा विकको सामुहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज पनि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। अधिकारकर्मी र सर्वसाधारणको सहभागितामा उक्त प्रदर्शन गरिएको हो।

उनीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र महिला हिंसा अन्त्य गर्न माग गरेका छन्। प्रदर्शनकारीहरूले इनिशालाई न्याय देउ’, ‘बलात्कारीलाई फाँसी देउ’, ‘महिला सुरक्षाको ग्यारेन्टी गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर प्रर्दशन गरेका छन् । प्रदर्शनमा सहभागी अधिकारकर्मीहरूले राज्यले महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन्।सुर्खेत गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको गत फागुन २३ गते जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेपछि अस्पताल लगीएकोमा उपचारकै क्रममा निधन भएको थियो । उहाको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कडा कारवाही गर्न चौतर्फी दबाब स्वरुप विरोधका कार्यक्रम भईरहेका छन् ।

प्रकाशित मिति : २०८२ चैत्र ७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।