तुलसीपुर ,७ चैत । हरेक वर्ष मार्च २१ अर्थात अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस विश्वभर औपचारिक रूपमा मनाउने गरिन्छ । सोहि अनुसार नेपाल पनि यो दिवस मनाईन्छ । सरकारी तथा गैरसरकारी तहबाट दिवसका दिन कार्यक्रम हुन्छन्, भाषण गरिन्छ, प्रतिबद्धता दोहोरिन्छन् । तर यति मात्रैले समाजको सोच बदलिन्छ ? मूल प्रश्न अझै उस्तै छन ।
धेरैजसो आम सर्वसाधरण नागरिकका लागि यो दिवसको अर्थ अझै स्पष्ट छैन। किन मनाइन्छ, यसको सन्देश के हो भन्नेबारे व्यापक जनचेतना पुगेको देखिँदैन । दिवसका अवसरमा प्राय कार्यक्रम हलभित्र र औपचारिकतामै सीमित देखीन्छन । जसले गर्दा दिवस बारे सन्देश जनस्तरसम्म पुग्न सकिरहेको छैन ।बास्तवमा यो दिवसको ऐतिहासिक पृष्ठभूमि निकै पीडादायी छ । सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रंगभेदी कानुनविरुद्ध भएको शान्तिपूर्ण प्रदर्शनमाथि राज्यले गोली चलाउँदा ६९ जनाको ज्यान गयो, सयौं घाइते भए ।
यही घटनाको विरोधमा विश्व समुदाय एकजुट भयो र अन्ततः सन् १९६६ मा संयुक्त राष्ट्रसंघले मार्च २१ लाई जातीय विभेद उन्मूलन दिवसका रूपमा घोषणा ग¥यो। नेपालले पनि सन् १९७१ मा यस सम्बन्धी महासन्धि अनुमोदन गर्दै यो दिवस मनाउन थाल्यो ।दिवसलाई एउटा ईतिहासका रुपमा लिएर सम्झनु र स्मरण गर्नु राम्रो पक्ष हो तर प्रश्न इतिहास सम्झनु र वर्तमान बदल्नु एउटै कुरा होइन ।
नेपालमा पनि हरेक वर्ष चैत महिनातिर यो दिवस मनाइन्छ । प्रायजसो चैत ७ गते यो दिवस पर्दछ । कहिलेकाँही नेपाली पात्रो र अग्रेजी पात्रोमा गते फरक पर्न सक्छ तर दिवसका अवसरमा कार्यक्रम हुन्छन्, नारा लगाइन्छ, छुवाछुत अन्त्य हुनुपर्छ,विभेद गर्न पाईदैन आदी । तर यस्ता नाराहरू दोहोरिनु नै यस कुरा प्रमाण हो कि समस्या अझै ज्यूँका त्यूँ छ। दिवस मनाउनु सकारात्मक हो, तर केवल सम्झना र भाषणले शताब्दीयौं देखि समाजमा जरा गाडेको विभेद अन्त्य गर्न अझै कति समय पखर्नु पर्ने हो । यसका लागी राज्य देखी नागरिक सम्म चेतना स्तर बदलिनु पर्छ । राज्य स्तरबाट कानुन निर्माण र प्रभावकारी कार्यन्वयन तथा नागरिक स्तरबाट पालना गरी व्यवहारमा लागु गर्नुपर्छ ।
हुन त नेपालले कानुनी रूपमा भने उल्लेखनीय प्रगति गरेको छ । २०६३ सालमा देशलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरियो । नेपालको अन्तरिम सविधान २०६३ पछि २०६३ जेठ २१ गते छुवाछुत मुक्त राष्ट्र घोषण भयो । यसले पनि जनस्तर सम्म सकारात्म सन्दैश दियो । साथै २०६८ मा æजातीय भेदभाव तथा छुवाछुत -कसुर र सजाय) ऐन लागू गरियो। साथै संविधान २०७२ ले छुवाछुतलाई स्पष्ट रूपमा सामाजिक अपराधका रूपमा परिभाषित गरेको छ । यसलाई आम नागरिकले आत्मसाथ गर्ने हो भने नेपाली समाजमा विद्यमाज जातिय विभेद तथा छुवाछुत पुर्ण रुपमा अन्त्य हुन धेरै समय पखर्नु पर्दैन ।
कागजमा हेर्दा नेपाल समावेशी र समानतामूलक समाजतर्फ अघि बढिरहेको देखिन्छ ।मुख्य समस्या कानुन कार्यान्वयनको कमजोरी र सामाजिक सोचको जडता हो। कानुन बने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। अझै पनि कतिपय ठाउँमा छुवाछुतका घटना सुनिन्छन्, दलित समुदायले अपमान र अन्याय भोग्नुपरेको छ ?
यसरी हेर्दा देशमा समस्या कानुनको अभाव होइन, व्यवहारको अभाव हो ।वास्तवमा समाजमा विद्यमान विभेद परिवर्तनका लागि दुई कुरा अत्यन्त आवश्यक छन् । पहिलो कुरा राज्यले बनाएका कानुनको कडाइका साथ कार्यान्वयन हुनुपर्दछ र दोस्रो कुरा आम नागरिकस्तरमा चेतना र सोच परिवर्तन ल्याउनु जरुरी छ । यदि कानुन बारे जानकार व्यक्तिले नै आफ्नो व्यवहार सुधार्न सकेन भने, त्यो ज्ञानको कुनै अर्थ रहँदैन। अर्कोतर्फ, कानुन नबुझेका नागरिकलाई सचेतना नदिदासम्म परिवर्तन सम्भव छैन । सोच बदल्नु नै वास्तविक परिवर्तन हो—जुन दिवसले होइन, व्यवहारले ल्याउँछ । विगतको तुलनामा अहिले समाजमा विभेदका घटना केही घटेका छन् तर पूर्ण रूपमा अन्त्य भइसकेको छैन ।त्यसैले यो दिवसको सार्थकता तब मात्रै हुनेछ, जब हामी औपचारिक कार्यक्रम भन्दा बाहिर निस्केर व्यवहारमा समानता अभ्यास गर्न थाल्छौं । दिवस मनाउनु पर्याप्त होइन, सोच बदल्नु आवश्यक छ । यसका लागी सर्वप्रथम राज्य जिम्मेवार बन्नुपर्छ, समाज सचेत हुनुपर्छ, अनि मात्रै विभेद रहित हाम्रो समाजको कल्पना यथार्थमा बदलिन सक्छ ।
लेखक लक्ष्मण विश्वकर्मा कार्यपालिका सदस्य -तुलसीपुर उपमहानगरपालिका) तथा पुर्व पत्रकार हुनुहुन्छ ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।