२०८३ मङ्सिर ९ गते बुधवार

खानेपानी महासंघ तुलसीपुरको अध्यक्षमा दशरथ वली

फोटो फाईल

तुलसीपुर, १ फागुन । तुलसीपुर उपमहानगरपालिका कार्यालय र राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको संयुक्त आयोजनामा तुलसीपुर क्षेत्रका खानेपानी तथा सरसफाई संस्था र समितिहरुको क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम एवंम नगर स्तरिय भेला तुलसीपुरमा सम्पन्न भएको छ ।

भेलाले खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ गठन गरेको छ । भेलाले अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष दशरथ वलीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ ।जसको उपाध्यक्षमा अमर खड्का(मानपुर साईपुर खानेपानी) सचिवमा राकेश बस्नेत(जुरपनिया मैनेतारा) र कोषाध्यक्षमा शुसीला न्यौपाने (राईखलियन) रहनु भएको छ ।

यस्तैगरी सदस्यहरुमा सुस्मा अधिकारी (तुलसीपुर) , विक्रम चौधरी(उरहरी), दोर्ण बहादुर खत्री(मानपुर डुरुवा), चेत बहादुर जिसी(सुन्दरपुर), मेनका रेग्मी(सरैया कन्जुवार), कविराज वली(मानपुर गौरीडाँडा), मुक्त बहादुर वली र लोक बहादुर खत्री रहनु भएको छ । भेलाले महासंघको सल्लाहकारमा यामलाल पार्धे, नेव बहादुर डिसी र मिनुका पन्थीलाई चयन गरेको छ । भेला महासंघका केन्द्रीय सल्लाहाकार खानेपानी विज्ञ चोक प्रसाद धितालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन १ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।