२०८३ कार्तिक ८ गते शनिवार

अज्ञानताविरुद्ध ज्ञानको आवाज छर्दै पौडेल

तुलसीपुर, १९ माघ । अशान्ति, अत्याचार, भ्रष्टाचार र मानसिक तनावको मूल कारण अज्ञानता भएको ठहर गर्दै जय जीवका अभियान्ता उपेन्द्र पौडेलले युवामाझ आध्यात्मिक जागरण फैलाउने उद्देश्यसहित ज्ञानयोग प्रवचन कार्यक्रम सुरु गर्नुभएको छ । घोराही उपमहानगरपालिका–भानु चोकमा हिजोदेखि सुरु भएको उक्त कार्यक्रम ‘श्रुतमय प्रज्ञा अर्थात् ज्ञान योग’मा आधारित रहेको छ ।

कार्यक्रममा युवासहित सर्वसाधारणलाई आत्मबोध, मानसिक शान्ति र सकारात्मक जीवन दृष्टिकोण तर्फ उन्मुख गराउने लक्ष्य राखिएको अभियान्ता पौडेलले बताउनुभयो । यसअघि पनि पौडेलले दाङकै तुलसीपुरस्थित वीरेन्द्र चोकमा १० दिनसम्म लगातार ज्ञानयोग प्रवचन गर्नु भएको थियो ।

आध्यात्मिक चेतना र सामाजिक रूपान्तरणलाई जोड्दै आउनु भएका पौडेलले ज्ञान नै मानव जीवनको मार्गदर्शक शक्ति भएको उल्लेख गर्दै, आजको भौतिक दौडमा हराउँदै गएको मानवीय मूल्य मान्यतालाई जोगाउन अभियानमा लागेको बताउनुभयो । घोराहीमा सुरु भएको प्रवचन कार्यक्रमले युवालाई आध्यात्मिक बाटोमा प्रेरित गर्दै आध्यात्मिक समाज निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ माघ १९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।