२०८२ फाल्गुन ८ गते शुक्रवार

आज स्वस्थानी व्रतकथा समापन गरिर्दै

फोटो फाईल

काठमाडौ, १८ माघ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरू गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।त्यसै दिनदेखि शुरू गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।

आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी बिहीवार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।काठमाण्डौ उपत्यकाको पूर्वी भेगमा रहेको शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरू भएको माधवनारायण व्रत पनि आज सकिन्छ ।

प्रकाशित मिति : २०८२ माघ १८ गते आइतवार
प्रतिक्रिया