२०८२ फाल्गुन ८ गते शुक्रवार

तुलसीपुरमा विज्ञान पार्कको डिपिआर तयार,आबश्यक संरचना बनाउन सुरु

तुलसीपुर , १६ माघ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मा रहेको गादी बराहसामुदायिक वन उपभोक्ता समुहले विज्ञान पार्क बनाउने योजनालाई अगाडी बढाएको छ । यस क्षेत्रलाई भविस्यमा विज्ञान पार्क (साईन्स सिटि) का रुपमा चिनाउने र विकास गर्ने लक्ष्यका साथ जिल्लामै पहिलो पटक सामुदायिक वन समुहले यस्तो परिकल्पना गरेको हो ।

सामुदायिक वन समुहले विगत देखी नै धेरै मेहेनत गरेर विज्ञान पार्कको भिडियो सहितको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार पारेको छ । साईन्स सिटीका रुपमा विकास गर्ने परिकल्पना अनुसार सामुदायिक वन समुहले ५ हेक्टर अर्थात सात विगाह क्षेत्रफलमा आधारित डिपिआर तयार पारिएको छ । वन ऐन अनुसार पर्यापर्यटन अन्र्तगत ५ हेक्टर सम्म उपभोग गर्न पाईने व्यवस्था रहेको छ ।

सोहि बमोजिम वन समुहले अधिकार प्रयोग गरी यो अवधारणा अघि बढाएको वन समुहका अध्यक्ष ठाकुर प्रसाद बन्जाडेले बताउनुभयो । हाम्रो योजना पहिल्यै देखीको हो उहाले भन्नुभयो, अहिले विस्तारै काम अघि बढाएका छौ ।सोहि अनुरुप वन समुहले केहि संरचनाहरु तयार गरेको छ । आफनै लगानीमा तारबार तथा पक्की पर्खाल निर्माण र टिकट घर निर्माण गरीसकेको छ भने स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ मा लागत साझेदारी ६०/४० को लगानीमा प्रवेशद्धार गेट निर्माण गरेको छ ।

साथै थप संरचना बनाउने गरी चालु आर्थिक वर्षमा संघिय सरकारबाट ५० लाख बजेट विनियोजन भएको वन समुहका अध्यक्ष बन्जाडेले बताउनु भयो ।उक्त बजेटबाट विभिन्न आबश्यक संरचनाहरु निर्माण गरिने उहाले बताउनुभयो ।उक्त योजनाको अहिले टेन्डर प्रक्रियामा रहेको छ । विज्ञान पार्कको परिकल्पना अनुसार काम गर्न सकेमा भविस्यमा पर्यटकीय क्षेत्रका रुपमा विकास हुने उहाको भनाई छ । यसले गर्दा रोजगारी सिर्जना,व्यापार व्यवसाय, चौतर्फी विकास र स्थानियहरुले रोजगारी पाउने प्रसस्त सम्भावनाहरु रहेका छन् ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रवार
प्रतिक्रिया