तुलसीपुर, १० माघ । नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले मानिसको जन्म र मृत्यु प्रकृतिको नियम भएको बताउनु भएको छ । दाङ निर्वाचन क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसा सदस्य निर्वाचनका उमेदवार समेत रहनु भएका पाण्डेले हरेक मानिसले जन्म पछि बाचुन्जेल असल कार्य र सत्कर्म गर्नुपर्नेमा जोड दिनु भएको छ ।जसले गर्दा मृत्यु पछि पनि समाजमा सवैले सम्झिरहने उहाले बताउनु भयो ।
सकारात्मक कामले हरेक मानिसलाई बाँच्न सिकाउने भन्दै उहाले सामाजिक सेवा भावमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा एमाले तुलसीपुर ४ नम्वर वडा कमिटिले आज बनहरीमा आयोजना गरेको श्रद्धान्जली सभा कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भयो ।नेकपा एमाले जिल्ला कमिटि सल्लाहरका सदस्य होम बहादुर थापाकी धर्मपत्नी सिता थापाको निधन भएको आज १३ औँ दिनको पुण्यतिथिमा आयोजित कार्यक्रममा बोल्दै उहाले मृतक प्रति श्रद्धान्जली व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्न शोकाकुल परिवार प्रति संमवेदना प्रकट गर्नुभएको छ ।
एमालेका नेता होम बहादुर थापाको पाटी र समाज प्रति गरेको योगदानको चर्चा गर्दै उहाकी जिवनसंगिनीको पनि पुर्ण साथ रहेकोमा प्रशंसा गर्नुभयो । वडा कमिटिका अध्यक्ष घन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा वडा ईन्चार्ज बालकृष्ण राना(धुव्र)ले पाटी संगठन विस्तारमा स्वर्गिय थापाले महत्वपुर्ण योगदान गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
साथै उहाले थापाको निधनले पाटीमा अतुलनिय क्षति पुगेको र दुखी भएको बताउनुभयो । सो अवसरमा नेता होम बहादुर थापाले पारिवारिक राजनितिक बारे जानकारी दिदै पाटीले आफनो परिवार प्रति सहानुभुती देखाएकोमा धन्यवाद ज्ञापन गर्नुभएको हो । कार्यक्रमको सहजीकरण संगठनका लक्ष्मण विश्वकर्माले गर्नुभएको थियो ।


















