तुलसीपुर, १७ पुस । नवप्रवर्द्धन सम्बन्धी युवा प्रतियोगि आवेदकहरूका लागि अभिमुखीकरण कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । ग्रीन फाउन्डेसन नेपालको आर्थिक सहयोग तथा घरेलु तथा साना उद्योग महासंघ तुल्सीपुरको आयोजनामा १६ देखि ४० वर्ष उमेर समूहका युवाहरूका लागि सञ्चालन हुने नवप्रवद्र्धन सम्बन्धी युवा प्रतियोगिताका आवेदकहरूलाई लक्षित गरेर अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
स्थानीय उत्पादन उत्पादनलाई प्रवद्र्धन गरौ, औद्योगिक वातावरणको सुधार दिगो अर्थतन्त्रको सुधार भन्ने नारा सहित महासंले महोत्सवको अवसरमा नवप्रवद्र्धन युवाहरुका लागि प्रतियोगिताको आयोजना गरेको हो । भोली ११ बजेदेखि सुरु हुने प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले बताउनुभयो ।
प्रतियोगितमा भाग लिने प्रतियोगिलाई १० मिनेट प्रस्तुतीकरण र ५ मिने प्रश्न उतरको समय तोकिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रोलाइई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ पुरस्कारको राशी तोकिएको छ । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगर प्रमुख तथा ग्रीन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डे, लक्ष्मी सनराइज बैंक तुल्सीपुर शाखाका प्रमुख रञ्जन कोइराला, चार्टर्ड एकाउन्टेन्ट अषिश गुप्ता, घरेलु तथा साना उद्योग महासंघका सदस्य रबिन्द्र बिक्रम केसी लगायतले नेपालमा व्यापारको सम्भावना, जोखिम, कानुनी प्रकृया, आर्थिक व्यवस्थापन लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको सहजीकरण सुरेश रावतले गर्नुभएको थियो । कार्यक्रमले युवाहरूमा नवप्रवद्र्धन र उद्यमशीलताप्रति रुचि बढाउन तथा प्रतियोगितामा प्रभावकारी सहभागिताका लागि मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको ग्रीन फाउन्डेसन नेपालका उद्यम सहजकर्ता गनेश भन्डारीले बताउनुभयो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।