लक्ष्मण विश्वकर्मा,तुलसीपुर १८
दाङको केहि साुमदायिक जंगलमा व्यापक वन्यजन्तु सिकारी हुने गरेको छ । साविक फुलवारी र धर्ना गाविसको केहि वडामा रहेका सामुदायिक वनहरुमा केहि व्यक्तिहरुले समुह बनाएर हतियार प्रयोग गरी सिकार खेल्ने गरेको स्थानिय वासीहरुले बताएका छन् । स्थानिय वासीका अनुसार गौरी सामुदायिक वन,लालीगुरास सामुदायिक वन,गौरी शंकर सामुदायिक वन र सदाबाहर सामुदायिक वनमा चोरी सिकारी भईरहेको बताएका छन् । भरुवा बन्दुकको प्रयोग गरी केहि व्यक्तिहरुले समुह बनाई दिनहुं जसो सिकार खेल्ने गरेको स्थानिय एक वासीन्दाले आफनो नाम नवताउने सर्तमा तुलसीपुर खवरलाई जानकारी दिनु भएको छ । सरकारले आगामी बैशाख ३१ गते स्थानिय तहको निर्वाचनको घोषणा गरे संगै शान्ती सुरक्षा कायम राख्नका लागी भन्दै नागरिकहरु संग भएका अवैध तथा वैध विभिन्न हात हतियार प्रसासनलाई बुझाउन आग्रह गरे पनि उनीहरुले खुलियाम रुपमा जंगलमा सिकार खेल्ने गरेको उहाले बताउनु भएको छ ।
उनीहरुले समुह बनाई एक दर्जन भन्दा वढि वैध तथा अवैध हतियार लिएर जंगल तिर जाने गरेको उहाले बताउनु भयो । उहाले भन्नु भयो नजिकै प्रहरी कार्यालय छ तर पनि उनीहरु यसरी खुलियाम जंगलमा हतियार लिएर जान्छन् । जंगलमा भईरहेको चोरी सिकारी नियन्त्रणका लागी प्रहरीलाई वारम्वार जानकारी गराएपनि कुनै वास्ता नगरीएको उहाले आरोप समेत लगाउनु भयो । उता ईलाका प्रहरी कार्यालय फुलवारीले पछिल्नो समयमा त्यस क्षेत्रमा सिकारी नभएको दावी गरेको छ । कार्यालयका प्रहरी नायव निरीक्षक लाल बहादुर भण्डारीले दिएको जानकारी अनुसार आफु यस कार्यलयमा आएदेखी हाल सम्म स्थानिय वासीहरुले आफुलाई यस विषयमा एक पटक मात्र जानकारी गराएको र अव देखी त्यस्तो थाहा पाए पछि प्रहरीलाई जानकारी गराउन नागरिकलाई आग्रह गरेपनि स्थानिय वासीले पछिल्नो समयमा आफुहरुलाई कुनै जानकारी नगराएको बताउनु भयो ।
उहाले भन्नु भयो बरु अहिले हामीले वैध तथा अवैध हात हतियार प्रहरीलाई वुझाउन नागरिकलाई आग्रह गरे अनुसार हाल सम्म सात नाल प्राप्त भएको छ । प्रहरी कार्यालय तर्फबाट नियमित अनुगमन गरीएको रहेको जानकारी दिदै त्यस्तो सिकारी नभएको दावी गर्नुभयो ।बरु हामीले यस क्षेत्रका नागरिकलाई समयमै हात हतियार वुझाउनका लागी पटकपटक आग्रह गरीरहेका छौ सई भण्डारीले बताउनु भयो । त्यस्तैगरी हलवार प्रहरी चौकीले पनि नागरिकलाई हात हतियार बुझाउन आग्रह गरेको बताएको छ ।चौकीका प्रहरी सहायक निरीक्षक सुन्दर चौधरीले दिएको जानकारी अनुसार हाल सम्म एक जना नागरिकले एक नाल आफु संग भएको र केहि समयमै चौकीमा आएर बुझाउने प्रतिवद्धता जनाएको उहाले बताउनु भयो । जिल्ला भित्र नागरिकहरु संग वैध तथा अवैध हात हतियार भए पनि प्रसासनलाई बुझाउन नागरिकले ढिलाई गरेको बताइएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।