२०८२ कार्तिक २१ गते शुक्रवार

पाँच जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ, १७ कात्तिक । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति भएकालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयस्तरको कात्तिक १७ गतेको निर्णयअनुसार पदोन्नति प्राप्त अधिकारीहरूलाई नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले आज नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा भूपेन्द्र बहादुर खत्री, सानु राम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्ले रहनुभएको छ । समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक खापुङले पदोन्नत अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै दक्षता, कार्यकुशलता र संगठनप्रतिको निष्ठाका आधारमा पदोन्नति भएको बताउनुभयो ।

उहाँले बदलिँदो समय र परिस्थितिअनुसार परम्परागत सोच र कार्यशैलीमा रूपान्तरण ल्याई व्यावसायिक, इमानदार र जनमुखी प्रहरीको छवि स्थापित गर्न आग्रह गर्नुभयो । महानिरीक्षक खापुङले प्रहरी कमाण्डरको भूमिका प्रशासनिक नेतृत्वसँगै नैतिक, रणनीतिक र प्रेरणादायी हुनुपर्नेमा जोड दिँदै, उच्च मनोबलका साथ जनसेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

प्रकाशित मिति : २०८२ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया