२०८२ कार्तिक २० गते बिहिवार

संस्कृति हाम्रो पहिचान हो : केन्द्रिय सदस्य घर्ती

तुलसीपुर, १५ कात्तिक । चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टोपबहादुर घर्तीले देउसी भैलो हाम्रो मौलिक संस्कृतिको प्रतीक भएको बताउनु भएको छ । नेपाल मानव धर्म सेवा समिति, तुलसीपुर शाखा आश्रमको आयोजनामा भएको देउसीभैलो समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति घर्तीले नेपाली संस्कृतिलाई जीवित राख्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । संस्कृति हाम्रो पहिचान भएको बताउँदै नयाँ पुस्ताले यसलाई मनोरञ्जन मात्र होइन, संस्कारको रूपमा आत्मसात् गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै राष्ट्रिय साना सहरी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले समाजमा सहकार्य र एकताको भावना जगाउन धार्मिक तथा सांस्कृतिक कार्यक्रमले ठूलो योगदान पु¥याउने बताउनुभयो । उस्ता सामाजिक कार्यक्रमले समुदायबीच सहअस्तित्व र सहयोगको भावना सुदृढ बनाउने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा आध्यात्मिक व्यक्तित्व दीपक शाह, सन्त महात्मा चन्द्रकान्ता बाइजी लगायतका वक्ताहरूले पनि धार्मिक चेतना र मानवसेवाको महत्त्वबारे आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

राप्ती भेरी प्रभारी चाँदना बाइजीको अध्यक्षतामा भएको  कार्यक्रमा विभिन्न व्यक्तीहरुलाई सम्मान गरिएको थियो भने विभिन्न संस्कृति झल्किने नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन समितिका संचार संयोजक प्रेम कुमारी मगरले गर्नुभएको थियो । समितिले संस्कृति संरक्षण तथा आश्रम निमार्थ कात्तिक ३ गतेदेखि ७ गतेसम्म देउसीभैलो कार्यक्रम संचालन गरेको थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया