२०८२ कार्तिक २१ गते शुक्रवार

सल्यानमा ब्राउनसुगरसहित चार युवक पक्राउ

दाङ,१४ कात्तिक । सल्यानमा लागुऔषध ब्राउनसुगरसहित चार जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सल्यानको शारदा नगरपालिका–१ निवासी २१ वर्षीय प्रज्वल केसी, २४ वर्षीय नुर आलम, २६ वर्षीय सुरज रोका र प्युठान मल्लरानी गाउँपालिका–२ घर भई हाल सल्यान शारदा–१ बसोबास गर्दै आएका २४ वर्षीय सन्दीप नेपाली रहेका छन् । पक्राउ परेकाहरुको साथबाट ब्राउनसुगर ३ ग्रामको १५ पुडिया तीन थान, नगद रू. २४ हजार ५ सय १० रुपैयाँ, ६ थान मोबाइल र रा.४ प.८६३०, रा.२ प.१९ र रा.४ प.३५ नम्बरका मोटरसाइकाल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायब उपरीक्षक हेम बहादुर केसीको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ । गोप्य सूचनाका आधार गएको प्रहरीले सल्यानको श्रीनगरबाट कात्तिक १२ गते साँझ ८ः४० बजे उनिहरुलाई पक्राउ गरेको थियो । प्रहरीले बरामद सबै वस्तु सहित पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया