२०८३ भाद्र १३ गते शनिवार

बसमा आगो लाग्दा १० जनाको मृत्यु

काठमाडौँ, ७ कात्तिक ।  भारतको हैदराबादमा बसमा आगो लाग्दा १० जनाको मृत्यु भएको छ । हैदराबादबाट बेंगलुरुका लागि छुटेको बसमा टेकरू गाउँ नजिकै बिहान आगो लागेको थियो । घटनामा कम्तिमा १० जनाको मृत्यु भएको र केही यात्रु गम्भीर घाइते भएको उद्दारकर्तालाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बसमा ४२ जना सवार रहेको बुझिएको छ । आगोले बस जलेर क्षतिग्रस्त भएको छ । एउटा मोटरसाइकल बससँग ठोक्किएपछि आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।।

प्रकाशित मिति : २०८२ कार्तिक ७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।