२०८३ बैशाख ११ गते शुक्रवार

दाङमा थ्रेसर र घरको छतबाट खसेर दुई जना घाइते

फोटो - एआइ

दाङ, २ कात्तिक । दाङ छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जना घाइते भएका छन । प्रहरीका अनुसार, दंगीशरण गाउँपालिका–४, मौली बस्ने ६० वर्षीया टीका शर्मा थ्रेसर मेसिनमा धान राख्ने क्रममा दुर्घटनामा परेर घाइते हुनु भएको छ । बिहान ८ः२० बजे थ्रेसर मेसिनमा धान राख्ने क्रममा सल बेटारिएर टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुकरा प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो । घाइते शर्माको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि घोराही पठाइएको छ ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–७, गैरापातुमा घरको छतबाट खसेर एक बालक घाइते भएका छन् । घाइते हुनेमा जीवन डाँगीका २ वर्षीय छोरा किरन डाँगी रहेको प्रहरीले बताएको छ । आफ्नै एकतले घरको छतबाट खेल्ने क्रममा बालक खसेका थिए । घाइते बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । दुबै घटना बिहान भएका थिए ।

प्रकाशित मिति : २०८२ कार्तिक २ गते आइतवार
प्रतिक्रिया