२०८३ भाद्र १३ गते शनिवार

चितवनमा ७ वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते

काठमाण्डौँ, १ कात्तिक ।  मुग्लिन–नारायणघाट सडकखण्डको चितवन गाईघाटमा सात वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटमा बिहान सातवटा गाडी एकआपसमा ठोक्किएका हुन् । घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेशनल सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

ना ८ ख ६६२९ नम्बरको ट्रक र बा ४ ख ७४२० नम्बरको बस, बसको पछाडि रहेको ना ७ ख ९६०७ नम्बरको टेलर, त्यसपछाडिको माइक्रोसहित ग २ ख १६२६ नम्बरको बस, ना ३ च ३२५६ नम्बरको जीप, बिएबी ८४७० नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो । घाइतेमध्ये १३ जनाको नेशनल सिटी अस्पतालमा, चारको जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा भएको थप क्षतिको विवरण आउन बाँकी छ ।।

प्रकाशित मिति : २०८२ कार्तिक १ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।