२०८३ बैशाख ११ गते शुक्रवार

विपिन जोशीको शव नेपाल ल्याउने तयारी

काठमाडौँ, २९ असोज ।  विगत दुई वर्षदेखि प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका नेपालका विपिन जोशीको शव स्वदेश ल्याउन आवश्यक प्रक्रिया शुरू भएको छ । इजरायलमा रहेका नेपाली दूतावासका प्रतिनिधिले तेल अभिवस्थित ‘नेशनल सेन्टर फर फरेन्सिक मेडिसिन’ को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया शुरू भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जोशीको शव नेपाल ल्याइसकेपछि पनि ज्यान जानुको वास्तविक कारण र परिस्थितिको सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकार भएकाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र उहाँको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा, सुविधाको लागि उचित पहल गरिने मन्त्रालयले जनाएको छ । जोशीको शव नेपाल ल्याउन अझै केही दिन लाग्नेछ ।।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया