२०८२ असोज २५ गते शनिवार

एक युवकको हत्या आरोपमा दुई जना पक्राउ

काठमाण्डौ, २५ असोज ।  कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकामा–८ जरैमा एक युवकको हत्या भएको छ । सामान्य विवादको निहुँमा गएराति दुई जनाले २८ वर्षीय केशरबहादुर बुढाको हत्या गरेका प्रहरीले जनाएको छ ।

घटनामा संलग्न घोडाघोडी नगरपालिकामा–८ कै १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्री पक्राउ परेका इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले जानकारी दिनुभयो । उनीहरुले धारिलो बस्तु प्रहार गरी केशरबहादुरको हत्या गरेको र प्रहरीमा आफै आइपुगेको डीएसपी अवस्थीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार
प्रतिक्रिया